काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेका छन् ।
एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकका निर्णयसँगै राजीनामा पनि बुझाउने जानकारी गराएका हुन् । एमालेले गत पुस १० गते पार्टी उपाध्यक्ष पौडेलको नेतृत्वमा ८ जनालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाएको थियो ।