• जेष्ठ ९ २०८३, शनिबार

दरबारमार्गमा पार्किङ निषेधविरुद्ध व्यापारी आक्रोशित, पूरै सटर बन्द गर्ने

फाल्गुन १५ २०७९, सोमबार

काठमाडौं । दरबारमार्गमा पार्किङ निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध त्यहाँका व्यापारीले आज एक घण्टा सटर बन्द गर्ने भएका छन् ।

विकल्प नदिई पार्किङ हटाइएको भन्दै उनीहरूले विरोधस्वरूप सटर बन्द गर्न लागेका हुन् ।

अपराह्न साढे ४ देखि साढे ५ बजेसम्म सटर बन्द गर्ने व्यापारीको तयारी छ ।

महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।