• बैशाख २८ २०८३, सोमबार

रास्वपा बैठक आज बस्दै

फाल्गुन १५ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

बैठक सोमबार बिहान पार्टी कार्यालय बसुन्धारामा ११ बजे बस्ने भएको हो। उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफलको तयारी रहेको एक नेताले जानकारी दिएका छन्।

यस्तै, सो बैठकमा बदलिँदो राजनीतिक समीकरण र चितवन- २ को उपनिर्वाचनबारे छलफल हुने ती नेताले जानकारी दिएका हुन्।