• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री दाहालको कतार भ्रमण एकाएक रद्द

फाल्गुन १४ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण रद्द भएको छ । प्रधानमन्त्री दाहालको फागुन १९ देखि २२ सम्मका लागि तय भएको कतार भ्रमणको कार्यक्रम रद्द भएको हो । प्रधानमन्त्री दाहाल अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन त्यसतर्फ जाने तयारीमा थिए ।

राष्ट्रपतिको निर्वाचन लगायत राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।