• जेष्ठ ९ २०८३, शनिबार

नाबालिकाको तस्वीरमा अश्लिलता जोडेर हैरान पार्ने मुगाधन श्रेष्ठ पक्राउ

फाल्गुन १४ २०७९, आईतवार

काठमाडौं । नाबालिकाको तस्वीरमा अश्लिलता जोडेर हैरान पार्ने एकजना व्यक्ति पक्राउ परेका छन् । यस्तो कार्यमा सम्लग्न ओखलढुंगाको सुनकोशी गाउँपालिका वडानम्बर ४ का मुगाधन श्रेष्ठलाई सोही स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

उनले म्यासेन्जरमा कुरा हुँदा प्राप्त विभिन्न तस्वीरहरुलाई जोडेर अश्लिल बनाई नाबालिकालाई पठाउने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । नाबालिकाको अभिभावकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन अनुसार कारवाही हुनेछ ।