• जेष्ठ ९ २०८३, शनिबार

लामो समयको अन्तरालपछि काठमाडौँमा वर्षा

फाल्गुन १४ २०७९, आईतवार

काठमाडौँ। काठमाडौँमा आइतबार दिउँसो असिनासहित हल्का वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानै पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो ।

मौसमविद् शान्ति कँडेलका अनुसार लामो समय निरन्तर वर्षा नभएर हल्का वर्षाको सम्भावना मात्रै छ ।

यो प्रिमनसुनको समय भएकाले यस्तो खालको छिटपुट वर्षा हुने गरेको उनको भनाइ छ । लामो समयसम्म काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा वर्षा भएको थिएन । हिँउदो समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका छन् ।