• जेष्ठ ९ २०८३, शनिबार

सन्दीपको क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने मागमा आज सुनुवाइ हुँदै

फाल्गुन १४ २०७९, आईतवार

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा गरेको निवेदनमा आज आइतबार सुनुवाइ हुँदैछ।

शुक्रबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडा इजलासमा भएको बहसमा सन्दीपका वकिल सरोजकृष्ण घिमिरे र शम्भु थापाले बहस गरेका थिए। पाटन उच्च अदालतले राखेका सर्तहरू विरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई तत्काल युएई जान भने अनुमति दिएको थिएन। आजको सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ।

पाटन उच्च अदालतले गत २८ पुसमा विभिन्न सर्तसहित उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। साथै सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा युएईमा हुने विश्वकप लिग-२ को खेलमा सन्दीपको सहभागिता रोकिएको थियो।