• बैशाख २८ २०८३, सोमबार

फेरि बोले बालेन,‘म कुनै हालतमा हार मान्दिन’

फाल्गुन १३ २०७९, शनिबार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने आशय व्यक्त गरेका छन् ।

दिउँसो सामाजिक सञ्जालमार्फत् आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए । त्यसमाथि विभिन्न टिकाटिप्पणी भइरहेका बेला राति अर्को स्टाटस लेख्दै उनले आफूलाई कसैले नि नसक्ने बताएका हुन् ।

‘अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ)’, उनले भनेका छन् । बालेनले बेलाबेलामा विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् दिँदै आएका छन् ।