• बैशाख २८ २०८३, सोमबार

पुष १० को सहमति अनुसार प्रचण्डले सुवास नेम्वाङलाई मत दिनुहुन्छ : केपी ओली

फाल्गुन १३ २०७९, शनिबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने बताएका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सम्झौता अनुसार नै भोट हाल्ने यकिन भएको बताए ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको छ । एमालेलाई समर्थन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो र दबाब परेकोबारे पनि बताउँदै आएको ओलीले बताए । ‘समस्या नै छैन । हामीले पुस १० गते नै सहमति गरेका छौं । अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ । उहाँले पुस १० गतेको सम्झौता अनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन नै छ,’ उनले भने ।

आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निणर्यबारे गरिएको प्रश्नमा दलका नेतालाई चिया खान बोलाएको बताए । चिया खान बोलाएका जति सबै भोट नै हुन् ? भन्दै उनले प्रश्न गरेका हुन् । ‘आठ दललाई चिया खान बोलाएको जति सबै भोट हुन्छ ?,’ उनले प्रश्न गरे ।