• बैशाख २८ २०८३, सोमबार

अब एमाले प्रतिपक्षमा जान सक्छ : प्रम दाहाल

फाल्गुन १३ २०७९, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अब प्रतिपक्षमा जानसक्ने बताएका छन् ।

महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका सन्दर्भमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब सम्भवतः कानुनी हिसाबले सरकार पुर्नगठनको नयाँ प्रक्रियातिर जानसक्ने भन्दै त्यस्तो अवस्थामा एमाले अब प्रतिपक्षमा जान सक्ने बताए ।

सत्ता गठबन्धनका दलहरुबाटै संविधानमाथि प्रहार हुन थालेकाले राष्ट्रको हितमा नदेखिएको धारणा राख्दै उनले आफू प्रधानमन्त्री भएपछि बनेको गठबन्धनमा रहेका केही दलले हौसिएर संविधानविपरीतका कार्य गरेको आरोप लगाए ।

कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमतिमा जान केपी ओलीलाई प्रस्ताव गर्दा नमानेकै कारण आफूले नयाँ राष्ट्रिय सहमति खोजेको धारणा उनले राखे । उनले आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको दाबी गरे ।