काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूलाई राजीनामा दिन लगाइएको दावी गरेका छन् । यही अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा चर्चामा छन् ।
अभिव्यक्तिकै कारण उनी बेलाबेलामा चर्चा र विवादमा आउने गर्दछन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति राजनीतिक दलप्रति लक्षित हुने गरेका छन् ।
यस्तैमा उनले विकास विरोधीहरुले आफ्नो खुट्टा तान्ने खोजेको समेत गुनासो गर्दै आएका छन् । मेयर साहले आज फेरि सामाजिक सञ्जालमार्फत् आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् ।
उनले लेखका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।’ उनले किन यसरी सामाजिक सञ्जालमा राजीनामाको कुरा उल्लेख गरे भन्नेचाहिँ केही खुलाएका छैनन् ।