• बैशाख २८ २०८३, सोमबार

उपराष्ट्रपति जसपाले पाउने

फाल्गुन १२ २०७९, शुक्रबार

काठमाडौं । आज बसेको ८ पार्टीको बैठकको निणर्य अनुसार राष्ट्रपति पद नेपाली कांग्रेसले पाउने भएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ ।

आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो । नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले भने, ‘अहिले नै उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने बेला भएको छैन । त्यसैले यसबारे ठोस सहमति भन्दा पनि जसपालाई नै सो पद दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको छ ।’

उनले आगामी बैठकले यस विषयमा पनि ठोस निणर्य गर्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव अनुसार संघीय संसदको ठुलो दल कांग्रेसले राष्ट्रपति पद पाउने भएको छ ।

प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।