काठमाडौं। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता चलिरहेको छ । राष्ट्रपति निर्वाचन नजिँकिदै गएपछि त्यसबारे निर्णय लिन दुईबीच भेटवार्ता चलिरहेको हो ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपति आफ्नो भागमा परेकाले कुनै पनि अवस्थामा राष्ट्रपति एमालेकै हुनुपर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपति कांग्रेसलाई दिएर नयाँ राजनीतिक समीकरण बनाउन चाहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डको त्यो रणनीति ओलीले कुनै पनि हालतमा अस्वीकार गर्ने भनिसकेका छन् ।
राष्ट्रपति निर्वाचनकै विषयमा बिहीबार पनि पटक पटक गरि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच सिंहदरबारमा छलफल भएको थियो । तर, छलफलले ठोस निर्णय लिन सकेन । शुक्रबार नेपाली कांग्रेसहित तीन दलले छलफल गरेका थिए । तर ठोस निर्णय अझैँ बाहिर ननिस्केको बताइएको हो ।
निर्वाचन अघिको पाँच दलीय गठबन्धन ब्यूँताउन लागिपरेका प्रधानमन्त्री प्रचण्ड अहिले एमाले अध्यक्ष ओलीसँग छलफलमा जुटेका छन् ।