• बैशाख २८ २०८३, सोमबार

ओलीले राष्ट्रपति पुस १० मै टुंगो लागेको खुलासा गरे

फाल्गुन १२ २०७९, शुक्रबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लागेको बताएका छन् । शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्जलाई ववाफ दिँदै एमालेको राष्ट्रपति हुने कुरा पुस १० मै टुंगो लगाएर बसेको आलीले बताएका हुन् ।

‘एमालेको राष्ट्रपति हुन्छ भन्ने कुरा हामीले पुस १० गते टुंगो लगाएर बसेका छौ’, ओलीले भने, ‘भोलि राष्ट्रपतिको मनोनयन हुन्छ ।’

उनले पछिल्ला राजनीतिक घटनाक्रम र राजनीतिक समिकरण फेरबदलमा भइरहेको प्रयासबारे आफुलाई थाहा नभएको बताए । ‘अरु घट्नाक्रम मलाई थाहा छैन’, ओलीको प्रतिक्रिया छ ।