• जेष्ठ ९ २०८३, शनिबार

६१ सहसचिवको सरुवा, को-कहाँ भए सरुवा ?

फाल्गुन १२ २०७९, शुक्रबार

काठमाडौं । नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । हिजो (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ६१ सहसचिवको सरुवा गरिएको पुष्टि गरे । सरुवाको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको हो ।

सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् । गृह मन्त्रालयमा रहेका १० जनालाई सरुवा गरिएको छ भने अन्य १० लाई गृहमै ल्याइएको छ ।