• बैशाख २८ २०८३, सोमबार

चार राजनीतिक दलका शीर्ष नेता छलफलमा

फाल्गुन १२ २०७९, शुक्रबार

काठमाडौँ । चार राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ । यसअघि यी राजनीतिक दलका नेताहरू छुट्टाछुट्टै छलफलमा थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।