काठमाडौं । प्रधानमन्त्री एंव नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिका लागि लिएर आज निर्णायक वार्ता हुने भएको छ ।
वार्ताको समय सार्वजनिक भने गरिएको छैन । प्रचण्डले नेकपा (एस)का नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रुपमा अगाडि सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लागेका हुन् ।