• बैशाख २८ २०८३, सोमबार

प्रम दाहालले भोलि देउवा र ओलीसित छलफल गर्ने

फाल्गुन ११ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्ने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको बताउँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘राष्ट्रपतिमा कुरा टुंगिएको छैन,’ तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले भने,‘भोलि दिउँसो एमाले अध्यक्षसँग कुरा गर्छु । बिहान कांग्रेससँग पनि छलफल गर्छु ।’