काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गर्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका छन् । सरकारमा सहभागी नभएका दलहरुसँग राष्ट्रपति निर्वाचनबारे छलफल गरिरहेका दाहालले गठबन्धन बदल्न खोजेको आशंका पनि छ ।
जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किँदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ ।’