• बैशाख २८ २०८३, सोमबार

शीर्ष नेताहरु बीचको बैठक स्थगित

फाल्गुन ११ २०७९, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच बस्ने भनिएको बैठक स्थगित भएको छ । बेलुका ५ बजे शीर्ष नेताहरुबीच राष्ट्रपतिका विषयमा छलफल गर्ने भनिएपनि अन्तिममा बैठक रोकिएको हो ।

अर्को समय निर्धारण गरेर शीर्ष नेताहरुको बैठक बस्ने प्रधामन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘राष्ट्रपतिको चुनावका विषयमा प्रधानमन्त्री निवासमा शीर्ष नेताहरुबीच बैठक बस्ने भन्ने थियो’ मल्लले भने, ‘अन्तमा आएर शीर्ष नेताहरुको कार्यव्यस्तताले बैठक स्थगित भयो ।

राष्ट्रपतिका विषयमा प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए । प्रचण्ड र नेपालको भेटमा उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल सहभागी भएका थिए ।