काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रम पछि एमाले अध्यक्ष ओलीले भने, ‘उहाँले (प्रचण्ड) ले सपोर्ट गर्दै गर्नुहुन्न । गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नुभएको छ ।’
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रया दिएका हुन् ।