• बैशाख २८ २०८३, सोमबार

चीनको सहयोगमा बन्दै गरेको कलंकी-महाराजगञ्ज सडक खण्डको भोलि निरीक्षण हुँदै

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं । चीनको सहयोगमा बिस्तार हुन लागेको काठमाडौंको कलंकीदेखि स्वयम्भू-गोंगबु-महाराजगञ्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् ।

निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुन लागेको हो । निरीक्षणका लागि बिहान ९ बजे नै कलंकीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनियाँ राजदूत छन् सङ लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।