• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति एमाले उम्मेदवार बन्ने उपप्रधानमन्त्री पौडेलको दावी

फाल्गुन १० २०७९, बुधबार

काठमाडौँ ।उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गरेका हुन् ।

उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताए । सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनले बताए ।

त्यस्तै एमाले सचिव गोकर्ण बिष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताए । उनले सत्तारुढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमानदारीपूर्वकता कार्यान्वयन गर्नुपर्ने बताए ।