• बैशाख २८ २०८३, सोमबार

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् ।

एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए ।