• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति बन्न माधव नेपालको दौडधुप, देउवालाई भेट्न पुगे धुम्बाराही

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन् । राष्ट्रपति निर्वाचनबारे सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेपाल देउवा निवास धुम्बाराही पुगेका हुन् ।

नेपाल धुम्बाराही पुग्नुअघि नै एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, नेता घनश्याम भुसाल धुम्बाराही कांग्रेस नेतासँगको छलफलमा थिए ।

चिनियाँ राजदूत चेन सङसँगको भेटवार्तापछि नेपाल पनि छलफलमा मिसिएका छन् । एकीकृत समाजवादीका नेताहरुभन्दा पहिला जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका थिए ।

कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा छलफलमा सहभागी छन् । आजै अध्यक्ष नेपाललाई भेट्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेका थिए ।