• बैशाख २८ २०८३, सोमबार

स्थानीय तहका उम्मेदवारको जरिवाना माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं। स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाह गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता लोकेन्द्र ओलीले राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको पेशी १२ गते फागुनमा तोकिएको छ ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ५ फागुनमा जरिवाना माफी मिनाहको निर्णय गरेकी थिइन् ।