• बैशाख २८ २०८३, सोमबार

पूर्वराजाले यो व्यवस्थाप्रति आपत्ति जनाउनु भएको होइन : महामन्त्री राणा

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले वर्तमान व्यवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै आपत्ति नजनाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरेको विषयमा आपत्ति जनाएकी थिइन् ।

‘फागुन ७ गते जुन अभिव्यक्ति आएको छ त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान व्यवस्थाप्रति ठाडो आक्रमण गर्ने प्रवृत्ति निन्दनीय छ’ ज्ञानेन्द्र शाह लक्षित उनको भनाइ थियो ।

सांसद श्रेष्ठको भनाइको प्रतिवाद गर्दै राप्रपा सांसद जबराले पूर्वराजा शाहको भनाइको गलत ब्याख्या भएको बताए । ‘पूर्वराजाले बोलेको कुरालाई अलिकति तोडेमोडेर आएको छ । पूर्वराजाले भनेको कुरा सकारात्मक हो । सबै पार्टीहरु र राजसंस्थाले मिलेर यो देशलाई उँभो लगाऔं भन्ने कुरा उहाँले गर्नुभएको हो’, जबराले भने, ‘उहाँ (पूर्वराजा शाह)ले यो व्यवस्थाप्रति कुनै आपत्तिको कुरा गर्नुभएको होइन ।’