• बैशाख २८ २०८३, सोमबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्ने भएको छ । आज (बुधबार) दिउँसो १ बजे उक्त बैठक बस्ने भएको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चाका बीच सो पार्टीले सचिवालय बैठक बोलाएको हो ।