काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्वियुका अध्यक्ष समीक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिर राजनीति गर्न छाडनुपर्ने बताएका छन् ।
पूर्वसहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउनुपर्ने बताउँदै अनेरास्ववियु अध्यक्ष बडालले एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रधानमन्त्री दाहाल अघि बढनुपर्ने बताएका हुन् ।
‘पुष्पकमल दाहालर्लाई प्रधानमन्त्री बनाउने निर्णायक शक्ति भनेको एमाले हो र त्यो बेला एमाले र माओवादी केन्द्रबीच जे सहमति भएको छ, त्यो अनुसार रास्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेद्वारलाई समर्थन गर्नुपर्छ’ अखिल अध्यक्ष बडाललेभनेका छन्, ‘अस्थिर मान्छेलाई समयले सजाय दिन्छ, अब स्थिर हुनुको विकल्प छैन ।’