• बैशाख २८ २०८३, सोमबार

बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको हैरानी खेपेका व्यवसायी आन्दोलित (भिडिओसहित)

फाल्गुन ९ २०७९, मंगलवार

धनगढी । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा उद्योगी, व्यापारी तथा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । आज (मंगलबार) बिहानैदेखि कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यवसायिक संघ सस्था विरोध प्रदर्शन तथा आन्दोलनमा उत्रिएका हुन् ।

बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायीहरूले आन्दोलन थालेको बताएका छन् । उनीहरूले धनगढीको चौराहदेखि पार्कमोडसम्म विरोध र्ंयाली निकालेका छ । र्ंयालीमा उनीहरूले सरकार, नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी समेत गरेका छन् । बैंक तथा वित्तीय संस्थाका कारण व्यवासायी मारमा परेको भन्दै सुधारका लागि १० बुँदे मागसहित आन्दोलनको थालनी गरिएको हो ।

व्यवसायीहरूले एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहरूको आन्तरिक खर्च कटौति गरी स्पेड दर ३ प्रतिशन हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिइनुपर्ने, व्याज बुझाउने म्याद ३५ दिनसम्म नियमित मान्नुपर्ने, लिलाम प्रक्रिया स्थगित गरिनुपर्ने, कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनु पर्ने माग राखेका छन् ।

हेर्नुहोस् भिडिओ :