• जेष्ठ ९ २०८३, शनिबार

धरानमा ग्यास सिलिण्डर विष्फोट, घाइतेलाई काठमाडौं लैजाने तयारी

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौं । धरान उपमहानगरपालिकाको वडानम्बर १७ मा ग्यास सिलिन्डर विष्फोट भएको छ । सोमबार साँझतिर भएको विष्फोटमा आठजना घाइते भएको जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार घाइतेहरूको धरान अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सोनिका राईको अवस्था गम्भीर रहेको उनले बताइन् । उनीसहित मंगलबार बिहान तीन जनालाई काठमाडौं रिफर गर्ने तयारी गरिएको छ ।

घाइते हुनेमा ४२ वर्षीया अन्जना राई, ६६ वर्षीया राजकुमारी राई, आठ वर्षीय साङ्केन राई, १० वर्षीया सुनिहाङ राई, २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, १९ वर्षीय अनिश कार्की र १८ वर्षीय वासुदेव खड्का रहेका छन् ।

‘मंगलबार बिहान तीनजनालाई काठमाडौं पठाउने तयारी गरिएको छ । अहिले उहाँहरूको धरान अस्पतालको इमेर्जेन्सी वार्डमा उपचार भइरहेको छ,’ पाण्डेले भनिन् । पाण्डेले ग्यास लिक भएर सिलिन्डर विष्फोट भएको अनुमान गरिएको जानकारी दिइन् ।