• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पौडेल र सभापति लामिछानेबीच भेटवार्ता

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न अर्थमन्त्री विष्णु पौडेल र रवि लामिछाने बालुवाटार पुगेका छन् ।

मंगलबार विहानै प्रधानमन्त्रीलाई भेटन एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेल र रविलाई बालुवाटार पठाएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।

भेटका क्रममा राष्ट्रपतिको चुनावको विषयमा छलफल भएको बताइएको छ ।