• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाल्गुन ८ २०७९, सोमबार

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

सहमतिमा राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । सो बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गरिने भएको छ ।