• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति बारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाल्गुन ७ २०७९, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ । पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले सोमबार बैठक बस्ने तयारीको जानकारी दिए । सोमबार पदाधिकारी बैठक बस्ने भनिए पनि समय भने तय नभएको उनले बताए ।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ । माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ ।

उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ । एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने स्पष्ट पारेको छ ।