• बैशाख २८ २०८३, सोमबार

दुर्गा प्रसाईंको एमाले त्यागी आजै राजीनामा दिने तयारी

फाल्गुन ७ २०७९, आईतवार

काठमाडौं। मेडिकल व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेकपा एमाले पार्टी परित्याग गरेको बताएका छन् । पूर्वराज परिवारलाई साथमा लिएर महाअभियानमा हिँडेका उनलाई एमालेले कारबाही गरेपछि प्रसाईंले एमाले परित्याग गरेको बताएका हुन् ।

प्रसाई महाअभियानमा हिँडेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाहीको लागि सिफारिस गरेको थियो । तर, पार्टीले कारबाहीको सिफारिस अघि नबढाउँदै आफू एमालेबाट अलग भएको प्रसाईंले बताएका छन् ।

प्रसाईंले आज (आइतबार) नै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । २०७८ मंसिर २६ मा प्रसाईं एमालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेमा आउनुअघि प्रसाईं नेकपा माओवादी अध्यक्ष प्रचण्ड निकट थिए ।

पछि एमाले र माओवादी मिलेर नेकपा डबल हुँदा प्रसाई एमालेतिर लागेका थिए ।