• जेष्ठ ९ २०८३, शनिबार

पोखरामा यात्रुवाहक बस दुर्घटना, घाइतेको उद्दार गरिदैँ

फाल्गुन ७ २०७९, आईतवार

काठमाडौं । पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।

ग १ ख ६७४७ नम्बरको बस आइतबार दिउँसो पोखरा-२७ स्थित सडकबाट खोल्सामा खसेको थियो ।

कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो ।