• जेष्ठ ९ २०८३, शनिबार

सिरहामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

फाल्गुन ६ २०७९, शनिबार

काठमाडौं। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहाका एक किशोर पक्राउ परेका छन् । मिर्चैया नगरपालिका(४ कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।