• जेष्ठ ८ २०८३, शुक्रबार

मौसम पूर्वानुमान: तराईका भू-भागमा हुस्सु र कुहिरो,हिमाली भू-भागमा हल्का हिमपात

फाल्गुन ६ २०७९, शनिबार

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १ को पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

उता राति भने प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सतकर्ता अपनाउन महाशाखाले जानकारी दिएको छ।