• बैशाख २८ २०८३, सोमबार

अनेरास्ववियुको नयाँ नेतृत्वको आज औपचारिक घोषणा हुँदै

फाल्गुन ५ २०७९, शुक्रबार

काठमाडौं । अखिल नेपाल विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।

नयाँ नेतृत्व आज औपचारिक घोषणा हुँदैछ। ७ वर्ष पछि भएको अखिलको भावी अध्यक्षका लागि आरसी लामिछाने, समिक बडाल र मोती विकलगायतले उम्मेदवारी दिएका छन्।