• जेष्ठ ८ २०८३, शुक्रबार

सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने

फाल्गुन ५ २०७९, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज आज मुम्बई अस्पतालमा शल्यक्रिया हुने भएको छ ।

बुधवार राति खाना पकाउने एलपी ग्याँस लिक भएका कारण सांसद भण्डारी र उनकी आमा दुर्घटनामा परेका थिए । आमाको बिहीबार बिहान काठमाडौँको कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ। सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याइका सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि मुम्बई लगिएको हो।

मुम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको छ ।

हिजो भारत पुगेका भण्डारीको स्वास्थ्यवस्था हाल स्थिर रहेको सँगै रहेका चिकित्सकहरूले बताएका छन्।