• बैशाख २८ २०८३, सोमबार

नुवाकोट बस दुर्घटना: ३ जनाको मृत्यु २५ जना घाइते

फाल्गुन ४ २०७९, बिहीबार

नुवाकोट  ।   नुवाकोटको चैनपुरमा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा परि २५ जना घाइते भएका छन्।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको हो

मृत्यु हुनेमा तारकेश्वर–६ का ७८ वर्षीय रामप्रसाद अर्याल र अर्यालकै श्रीमती ७२ वर्षीया सीतादेवी र विदुर नपा–३ का ७३ वर्षीय बाबुराम दर्जी नेपालीको मृत्यु भएको डिएसी खड्काले जानकारी दिए।

घाइतेमध्ये ४ जनाको अवस्था अत्यान्त गम्भीर रहेकोले काठमाडौं पठाइएको त्रिशूली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।

डा. पाण्डेका अनुसार टाउकोमा गम्भीर चोट लागेकाहरुलाई काठमाडौं पठाइएको हो । बाँकी २१ जना घाइतेहरुको त्रिशूली अस्पतालमै उपचार भईरहेको छ।

बट्टारबाट तारकेश्वर गाउँपालिका–१, दाङसिङ जाँदै गरेको बा.२ ख ८४५ नं.को बस बिहीबार अपरान्ह विदुर नपा–१२ चैनपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयमा प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।