काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसका चालक फरार भएका छन् । मृतक २ पुरूषको पहिचान खुलेको छैन ।
बसमा सवार २० जना घाइते छन् । उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । डिएसपी खड्काका अनुसार बस सडकबाट २० फिट तल खसेको छ । प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ ।