• जेष्ठ ८ २०८३, शुक्रबार

ल्होत्सेमा पसल लुटपाटमा संलग्न चालक-सहचालकसहित १५ जना पक्राउ

फाल्गुन ४ २०७९, बिहीबार

काठमाडौं । प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

यातायात व्यवसायीको आन्दोलनका क्रममा ल्होत्से मलभित्र प्रवेश गरेर मोबाइल चोरी भएको थियो । उक्त चोरी भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रहरीले सिसिटीभी फुटेजमा देखिएको व्यक्तिलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।

मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी मनोज केसीले बताए ।

उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।