• जेष्ठ ८ २०८३, शुक्रबार

आन्दोलन विष्फोटक हुँदै जान थालेपछि बालाजु क्षेत्रका यातायात व्यवसायीले थाले छलफल

फाल्गुन १ २०७९, सोमबार

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा सोमबार भएको आन्दोलनपछि सार्वजनिक यातायात व्यवसायीहरू छलफलमा जुटेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आफूहरू आगामी रणनीति तय गर्न छलफलमा जुटेको जानकारी दिए ।

यातायात मजदुरले भोलिदेखि गाडी नचलाउने घोषणा गरेपछि यायायात व्यवसायी वार्तामा जुटेका हुन् । गाडी चलाउने वा नचलाउनेबारे भोलि मात्र थाहा हुने उनले बताए ।

‘आज बिदा भयो । सरकारले कुनै निणर्य गरेको छैन । भोलि केही आउला । त्यसपछि मात्रै थाहा हुन्छ । आज बालाजुमा भएको आन्दोलन स्वस्फूर्त हो,’ उनले भने । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात मजदुरहरूले यसअघि फागुन ३ गते आन्दोलन घोषणा गरेका थिए । तर, आज नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देशीय प्रालिका अधिकारीहरूसँग विवाद भएपछि उनीहरू आजै आन्दोलनमा उत्रिएका हुन् । आज बालाजु-माछापोखरी सडकमा मजदुरको आन्दोलनले उग्ररूप लिँदा अस्थायी प्रहरी चौकी र दुई गाडी जलाइएको छ । त्यस्तै, प्रदर्शनकारीहरूले ल्होत्से मलमा पनि तोडफोड गरेका छन् ।