• बैशाख २८ २०८३, सोमबार

एमसीसी कार्यान्वयनमा दबाब दिन अमेरिकी उप-सहायक विदेश मन्त्री नेपालमा

फाल्गुन १ २०७९, सोमबार

काठमाडौं । अमेरिकाकी उपसहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौं आइपुगेकी हुन् । भ्रमणका क्रममा उनले काठमाडौंमा इसिमोड तथा ऊर्जा नेपालका साझेदारहरूसँगै नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्नेछिन् ।

भेटमा उनले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद प्रतिकार्यका विषयमा अनि लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।

केही समय अघिदेखि अमेरिकी उच्चअधिकारीहरु नेपाल आइरहेका छन् । उनीहरु नेपाली नेताहरुलाई एमसीसी कार्यान्वयनका लागि दबाब दिन नेपाल आएका बताइन्छ । उनीहरु बिना औपचारीक कार्यक्रम नेपाल धाइरहेका धेरै नेपाली विश्लेषकहरुले दावी गरिरहेका छन् । उनीहरु नेपाल आएर कस्लाई, किन र के उद्धेश्यले भेट गर्दछन्, यस्को कुनै कार्यतालिका छैन ।