काठमाडौं । भारतको गोवामा बस्दै आएकी एक नेपाली महिला बेपत्ता भएकी छिन् । डोटी जिल्ला बोकटान फुडसिल गाउँपालिका वडा नं १ सिमचौर निवासी हर्कबहादुर मगरकी श्रीमती वर्ष ५८ की हिमादेवी मगर यही अक्टोबर १० तारिखमा कैलाली सुक्खडबाट बेपत्ता भएकी हुन् ।
हिमादेवी उनका श्रीमान हर्कबहादुरसित भारतको गोवामा जानेक्रममा सम्पर्क बिहीन भएकी थिइन् । श्रीमानको भनाइ अनुसार कैलाली सुक्खड नगरपालिका वडा नं १ निवासी देवबहादुरकी छोरीलाई भेट गर्न जान्छु भनि उनी गएकी थिइन् । तर हालसम्म उनको अहिलेसम्म अत्तोपत्तो लागेको छैन । हिमाका श्रीमान हर्कबहादुर विगत ३७ वर्षदेखि गोवामा बस्दै आएका छन् ।
हिमादेवीका एक मात्र सन्तान दिपेन्द्र मगर पनि गोवामा बस्दै आएका छन् । हिमादेवीका छोरा अहिले गोवामा सरकारी जागिरमा कार्यरत छन् । उनका श्रीमानको भनाइ अनुसार उनी गतवर्ष पनि हराएकी थिइन् । त्यसपछि उनी भारतको राजधानी दिल्ली नजिकै गुडगाउँबाट फेला परेकी थिइन् ।
उनी दोस्रो पटक पनि हराएपछि गत अक्टोबरमा कैलाली सुक्खडस्थित नेपाल प्रहरीमा निवेदन दिएको भएपनि अहिलेसम्म प्रहरीले खोजिकार्यमा तिब्रता नदिएकोमा दुखेसो पोखे । अहिलेसम्म नेपाल प्रहरीले अत्तोपत्तो लगाउन सकेको छैन । हर्कबहादुरले देश-विदेश र भारतमा भएका विभिन्न संघ-संगठन अगुवाका मान्छेलाई खोजीकार्यमा सयोग गरिदिन पनि अपिल गरेका छन् ।
आफ्नो जीवनको एकमात्र सहारा श्रीमती भएको बताए । आफू विगत ४० वर्ष देखि श्रीमतीका साथ दुःख सुख गरेर बसेको भएपनि श्रीमतीले छाडेर जाँदा सारै दुखी भएको बताए । उनले अझै पनि केही बिग्रेको छैन उनी फर्केर घरमा आउन आग्रह गरेका छन् । यदि जो कोहीले पनि उनलाई फेला पारेमा सम्बन्धित व्यक्ति या नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् । यसका लागि उनले निम्न सम्पर्क नम्बर उपलब्ध गराएका छन् ।