• बैशाख २८ २०८३, सोमबार

जनयुद्ध दिवस मनाउन बिदा दिने प्रस्ताव आएपछि राप्रपाका मन्त्रीहरु बैठकमा गएनन्

माघ २९ २०७९, आईतवार

काठमाडौं । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदको बैठकमा ल्याएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरू मन्त्रिपरिषदको बैठकमा सहभागी भएनन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा जनयुद्ध दिवसको अवसरमा फागुन

१ गते सार्वजनिक बिदा दिने प्रस्ताव आएपछि असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्रीहरू बैठकमा अनुपस्थित भएका हुन् ।
मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा फागुन १ गते भोलि सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

सो बैठकमा राप्रपाका मन्त्रीहरू सहभागी नभएको एक मन्त्रीले बताए । राप्रपाबाट उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्रीमा विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा छन् । file photo