• बैशाख २८ २०८३, सोमबार

लुम्बिनीका ७ मन्त्रीको शपथ आज

माघ २९ २०७९, आईतवार

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयतको शपथ हुने भएको छ ।

आज (आइतबार) दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

हिजो (शनिबार) मुख्यमन्त्री लिला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरी सरकारलाई पूर्णता दिएका थिए ।

जसअनुसार जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै सपथ लिनेछन् ।