• बैशाख २८ २०८३, सोमबार

सत्ता गठबन्धन जोगाउन एमाले नै निर्णायक : ईञ्चार्ज साह

माघ २९ २०७९, आईतवार

महोत्तरी । गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा (एमाले) निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश साहले बताएका छन् ।

राष्ट्रपति निर्वाचनको विषयमा माओवादी केन्द्रले स्वतन्त्र व्यक्ति खोजिरहेको बताउँदै एमालेले उक्त व्यक्तिलाई नै साथ दिनेमा आफू विश्वस्त रहेको बताए ।

माओवादी केन्द्रको नाम र लोगोसम्बन्धमा समेत छलफल भईरहेको मधेस प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए ।

मधेस प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको उनले आरोप लगाए ।