• बैशाख २८ २०८३, सोमबार

कम्युनिष्ट आन्दोलन नवनिर्माण गर्ने उद्देश्यले दाङमा गरियो विचार गोष्ठी

माघ २८ २०७९, शनिबार

दाङ । २८औं जनयुद्ध दिवसका अवसरमा मार्क्सवादी ज्ञानशाला, दाङद्वारा आयोजित ‘कम्युनिस्ट आन्दोलनको नवनिर्माण’ विषयक अन्तरक्रियात्मक विचार गोष्ठी सम्पन्न भएको छ । विचार गोष्ठीमा राजनीतिक संवाद थालनीका संयोजक संगीत स्रोताले छलफलका लागि आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

छलफलका लागि प्रस्तुत आधारपत्रमाथि केन्द्रित रहेर नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समीर, प्रतिरोध जनअधिकार आन्दोलनकी संयोजक अनिता पण्डित, वाम बुद्धिजीवीहरु लेखराज रेग्मी, माधव खनाल र विकास गौतमले टिप्पणीसहित आफ्ना धारणाहरु राख्नुभएको थियो । वाम बुद्धिजिवी बुद्धिप्रकाश धितालले संस्थाको परिचय, निर्धारित विषयवस्तुको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

मार्क्सवादी ज्ञानशालाका अध्यक्ष बुद्धिप्रकाश धितालको अध्यक्षमा भएको कार्यक्रमको संचालन ज्ञानशालाकी सदस्य सुदृष्टी लक्ष्मीले गर्नुभएको थियो । २०७९ भाद्र ४ गते स्थापना भएको मार्क्सवादी ज्ञानशाला, दाङले विभिन्न गतिविधिहरु संचालन गर्दै आएको प्रमोद धितालले जानकारी दिनुभयो ।